माओवादी बैठकअघि पत्रकारसँग देव गुरुङको आक्रोशित प्रस्तुति- दल विशेषको राष्ट्रपति हुन्छ ? (भिडिओ) – Nepal Press

माओवादी बैठकअघि पत्रकारसँग देव गुरुङको आक्रोशित प्रस्तुति- दल विशेषको राष्ट्रपति हुन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकअघि महासचिव देव गुरुङ पत्रकारसँग आक्रोशितरूपमा पेश भएका छन् । पत्रकारले पुस १० को सहमतिको प्रसंग उठाएपछि उनी नराम्ररी जंगिए ।

‘पार्टी विशेषलाई राष्ट्रपति भन्ने हुन्छ कतै ? संविधानमा त्यस्तो भावना छ ? संविधानमा हुँदै नभएको कुरा गर्ने ?’ उनले पत्रकारलाई प्रतिपश्न गरे ।

तर, १० पुसमा एमालेसँग सहमति गर्नुभएको थियो नि भन्न पत्रकारको प्रश्नमा उनले त्यसलाई नकारे । उनले एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने प्रस्ताव मात्रै गरेको जिकिर गरे ।

‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ ? प्रस्ताव राख्ने एउटा पाटो भो । दल विशेषलाई बनाउने अर्को कुरा हो ? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ ’, गुरुङले भने ।

राष्ट्रियता, गणतन्त्र, संघीयताको पक्षमा अभिमत प्रकट गर्ने तथा आफूलाई सबैको साझा बनाउन सक्नेलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए ।

‘दलको क्यान्डिडेट राष्ट्रपति बनाउने व्यवस्था छ ? संविधानमा दलको राष्ट्रपति बनाउने व्यवस्था कहाँ छ ? हावादारी कुरा गर्ने ?’

त्यसोभए यो गठबन्धन भत्किन्छ अब ? भन्ने पत्रकारको प्रश्नमा उनी थप जंगिए ।

‘सत्ता गठबन्धनसँग जोडिएको विषय हो र यो ? दलविशेषको मामला हो र ? सत्तापक्ष र विपक्षको मामला हो र ? हावादारी कुरा गर्ने ? कटुवाल प्रकरण के भएको थियो ? किन उल्टाए राष्ट्रपतिले ? किन दुईपटक भंग गरेको ? दलको मान्यताका कारण भंग गरेको होइन ? सरकारबाट सिफारिस गरेको किन तुहाए ?’, गुरुङले प्रश्नैप्रश्न तेर्स्याए ।


प्रतिक्रिया

5 thoughts on “माओवादी बैठकअघि पत्रकारसँग देव गुरुङको आक्रोशित प्रस्तुति- दल विशेषको राष्ट्रपति हुन्छ ? (भिडिओ)

  1. यसमा आक्रोश चाहिँ कहाँनेर देखेछन् सम्पादकले ? अनुहार नै त्यस्तो व्यक्तिलाई आक्रोशित प्रस्तुती भनेर सम्पादकले ट्वीष्ट गर्न खोजेको स्पष्ट देखिन्छ ।

  2. देशमा बहुदलिय ब्येवस्था छ, हरेक पदमा निर्वाचन हुन्छ, निर्वाचन हुँदा के को आधारमा प्रतिस्पर्धा हुन्छ त !? कि देश निर्दलियतामा गै सक्यो, दलबिहिन चुनाव गर्न !?
    तिमीहरुले अभ्यास गरेको जस्तो निरदलियता घोषणा गर पहिला अनी, चुनाव ब्येक्तिगत हुन्छ, राष्ट्रपती ब्येक्तिगत हुन्छ भन !! नत्र MCC SPP नागरिकता माथिको द्वैध चरित्र देखेको हो, त्यस्तै घ्रिणित खेल नखेल, तिमीहरुको नालायकी र लठुवा दुस्टताको सिकार बन्न सक्तैन देश !!
    काङ्रेशलाई बोक्न कत्ती हतारो हो यिनिहरुलाई !?

  3. ३२ सिटेलाई मफतका चिउरा बडाबडा गाँस भइरा’छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर