ॐ कार शक्ति नेपालले १ हजार ८ त्रिशूल पदयात्रा गर्‍यो – Nepal Press

ॐ कार शक्ति नेपालले १ हजार ८ त्रिशूल पदयात्रा गर्‍यो

काठमाडौं । ॐकार शक्ति नेपालले १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ । कामठाडौँको पशुपति परिसरमा ॐकार शक्ति नेपालले त्रिशूल पदयात्रा गरेको हो ।

शिवरात्रीको निरन्तरतासँगै भएको त्रिशूल यात्रामा गुरु गोरखनाथ मठका प्रमुख महन्त योगी शीर्षनाथ, जसमनी परम्पराका मठाधीश परमहंस महर्षि श्री तुलसीदिल समयोगी, सत्य सनातन महाराज, व्यासाचार्य श्री किशोर गौतम तथा साधु सन्तहरूको सहभागिता रहेको प्रवक्ता शेर बहादुर ओलीले जानकारी दिए ।

विश्व शान्ति र राष्ट्रिय जागरणका लागि त्रिशूल यात्रा गरिएको ॐकार शक्ति नेपालका प्रवक्ता शेरबहादुर ओलीले जानकारी दिए । ओलीका अनुसार पशुपति परिसरमा त्रिशूल यात्रा गरिएको थियो । पशुपति परिसरमा रहेको सुमार्गी भवनबाट सुरु भएको यात्रा गौशाला, मित्रपार्क, उमाकुण्ड हुँदै पशुपति परिसरमा गएर समापन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *