राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनको काम सुरू : निर्वाचन अधिकृतको कार्यालय स्थापना (भिडिओ) – Nepal Press

राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनको काम सुरू : निर्वाचन अधिकृतको कार्यालय स्थापना (भिडिओ)

काठमाडौं । आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि कार्यालय स्थापना गरेर काम थालिएको छ ।

निर्वाचन आयोगले संसद भवन नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने जानकारी दिए । निर्वाचनका लागि संघीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेशसभाका सदस्यले मतदान गर्नेगरी दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरू हुनेछ । थपलियाले निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने बताए । अर्को पटकदेखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरी कानून संशोधन गर्न लागिएको पनि उनले जानकारी दिए ।

आयोगका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ ।

त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फागुन २७ देखि सुरू हुनेछ । निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल यसअघि नै नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *