टेलिकमको सेवा अवरुद्ध : कमिसनको विषयमा बोले युनियनहरु, कम्पनीलाई के कति क्षति भएको हो ? – Nepal Press

टेलिकमको सेवा अवरुद्ध : कमिसनको विषयमा बोले युनियनहरु, कम्पनीलाई के कति क्षति भएको हो ?

काठमाडौं । नेपाल टेलिकममा क्रियाशील युनियनहरूले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हित एवं संस्थागत सुशासन लगायतका विषयहरूमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरेको छ ।

सञ्चार सेवा अवरुद्ध भई सेवाग्राहीहरूले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति युनियनहरुले चासो राखेको हो ।

कम्पनीका सेवाहरू पटक पटक अवरुद्ध भई रहने, पूर्ण रूपमा चुस्त, दुरुस्त र नियमित बनाउन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा भएको युनियनहरुले बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट छानबिन समिति गठन भएकोमा हालसम्म सो प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नगरिनु दुःखद विषय भएको जनाएको छ ।

‘यसरी प्रतिवेदन तयार पारि प्रतिवेदन कार्यान्वयन एवं दोषी उपर कारबाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीका सेवा प्रतिको संवेदनशीलता, जिम्मेवारीबोध र जवाफदेहिताको कमी भई दण्डहीनता बढेको हाम्रो ठहर छ’, युनियनहरुको सयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कम्पनीले के कति क्षति व्यहोरेको छ ? यो कसको जिम्मेवारी र दायित्वको विषय हो ? राष्ट्रिय सञ्चार माध्यमहरूमा निरन्तर आई रहेका समाचारहरू प्रति कम्पनीको आधिकारिक धारणा के हो ?’

पछिल्लो सयम टेलिकमले कमिसनको खेलमा बिलिङ गर्दा नै १० प्रतिशत हराउने गरेको समाचारहरु आइरहेका छन् । कम्पनीको रक्षार्थ युनियनहरु संघर्षमा जान बाध्य हुने समेत बताएका छन् ।


प्रतिक्रिया

One thought on “टेलिकमको सेवा अवरुद्ध : कमिसनको विषयमा बोले युनियनहरु, कम्पनीलाई के कति क्षति भएको हो ?

  1. लाजघीन नभए पछि जेजे मनलाग्छ गर तिमीहरूले देशलाई विदेशीको हातमा नपुर्‍याउनजेल विभित्र विकृति ल्याउने नै भयौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर