माधव नेपालको दाबी- सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा छैन (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी- सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा छैन (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन् ।

पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने पनि बताए । सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राखे ।

यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर