ओलीको प्रश्न- ज्ञानेन्द्रजीसँग अब के विषयमा सहकार्य गर्ने ? (भिडिओ) – Nepal Press

ओलीको प्रश्न- ज्ञानेन्द्रजीसँग अब के विषयमा सहकार्य गर्ने ? (भिडिओ)

‘वरिपरि दुईचार मान्छे देखेपछि ज्ञानेन्द्रजीलाई पुरानै झल्को आउँछ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले दलहरुलाई सहकार्यका लागि आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ फर्काएका छन् ।  आफ्नो वरिपरि दुई चारजना मान्छे देखेपछि पूर्वराजा ज्ञानेन्द्र हौसिएको उनले टिप्पणी गरे।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले पूर्वराजाला ‘ज्ञानेन्द्रजी’ भनेर सम्वोधन गरेका थिए ।
उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’

दुर्गा प्रसाईंलाई किन कारबाही गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘पानीले आफ्नो लेवल आफैं मिलाउँदै जान्छ ।’

पूर्वराजा ज्ञानेन्द्रले हिजो ७३ औं प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै नेपालको भविष्यप्रति आफूलाई चिन्ता लागेको बताएका थिए । उनले राजनीतिक दलहरुसँग राजसंस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

याे पनि पढ्नुस् : पूर्वराजाको आह्वान- देश जोगाउन दलहरू र राजसंस्थाबीच सहकार्य गरौँ

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर