खेलाडीको पौरख, दर्शकको उत्साह (फोटोफिचर) – Nepal Press

खेलाडीको पौरख, दर्शकको उत्साह (फोटोफिचर)

काठमाडौं । नेपाल र नामिबियाविरुद्धको खेल हेर्न आज उल्लेख्य संख्यामा दर्शकहरू त्रिवि मैदान आए । उनीहरू चाहेजस्तै खेल प्रदर्शन गर्दै खेलाडीहरूले जितको खुशी दिएका छन् ।

शनिवारको बिदा भएकाले बिहानदेखि दर्शकको घुइँचो लागेको थियो । नेपालले लिएका प्रत्येक विकेटमा उनीहरूले सेलिब्रेसन गरे । नेपालका प्रत्येक रनमा उनीहरूले हुटिङ गरे । एक प्रकारले मैदानबाहिरबाट दर्शकहरूले १२ औं खेलाडीको भूमिका निभाएका थिए ।

खेलपछि दुवै टिमले आपसमा ह्यान्डसेक गर्दा धेरैको ध्यान सन्दीप लामिछानेमा केन्द्रित भएको थियो । अघिल्लो म्याचमा स्कटल्यान्डका खेलाडीहरूसँग ह्यान्डसेक नगर्दा उनी समाचारमा छाएका थिए । आज भने त्यस्तो दृश्य दोहोरिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *