नामिबियाविरुद्ध ज्ञानेन्द्रको पनि अर्धशतक – Nepal Press

नामिबियाविरुद्ध ज्ञानेन्द्रको पनि अर्धशतक

काठमाडौं । शीर्ष क्रमका ब्याटर ज्ञानेन्द्र मल्ले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा ज्ञानेन्द्रले ओपनर आसिफसँग १०९ रनको साझेदारी गर्दै ६४ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाए । यो मल्लको सातौँ ओडीआई अर्धशतक हो । ज्ञानेन्द्रको अर्धशतक प्रहार गर्दै नेपाललाई जित तर्फ एकोहोर्‍याएका छन् ।

यसअघि, आसिफ शेखले पनि नेपालका लागि अर्धशतक बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर