राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै रामचन्द्रले भेटे उपेन्द्र यादव – Nepal Press

राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै रामचन्द्रले भेटे उपेन्द्र यादव

उपराष्ट्रपतिमा उपेन्द्रले राखे चासो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ ।

जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो ।भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर