माधव नेपालको दाबी- याे सरकार धेरै दिन टिक्दैन (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी- याे सरकार धेरै दिन टिक्दैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका वेला एउटा गठबन्धन बनेको र परिणाम आईसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अव धेरैदिन टिक्न नसक्ने बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धन कै नेताहरुले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरे । उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनैपनि वेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताए । नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनले बताए ।

अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरु हुने १ नम्बर प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुदै मोरङ जाने क्रममा गाईघाटमा पुगेका थिए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको दाबी- याे सरकार धेरै दिन टिक्दैन (भिडिओ)

  1. नटिके पनि प्रधानमन्त्री तिमीले पाउने हैन । २ थान मन्त्री देला काँग्रेसले । प्रचण्ड र देउवालाई जुधाएर प्रधानमन्त्री उछिट्याउँला भन्ने च्याँदे दाउ पुस १० मा ओलिले चकनाचुर पारिदिए । के धाक लगाउछौ ? भारतको दलाली गर बस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर