विष्णु पौडेलको दाबी- सत्ता गठबन्धन काँचो धागोमा अडिएको होइन, पाँच वर्षसम्म चल्छ (भिडिओ) – Nepal Press

विष्णु पौडेलको दाबी- सत्ता गठबन्धन काँचो धागोमा अडिएको होइन, पाँच वर्षसम्म चल्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।

पार्टीका कार्यक्रमका लागि कैलाली पुगेका पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिलगायत सबै पदमा पूर्वसहमति नै कार्यान्वयन हुने बताए ।

उनले भने, ‘नेपाली राजनीतिमा हल्ला एकातिर हुन्छ । घटना अर्कोतिर अगाडि बढ्छ । यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्छ ।’

उनले राष्ट्रका सबै दलहरु मिल्नुपर्ने ठाउँमा मिलेर जाने कुरालाई नकारात्मकरूपमा लिन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर