सांसद भण्डारीकी आमाको अन्त्येष्टि – Nepal Press

सांसद भण्डारीकी आमाको अन्त्येष्टि

काठमाडौं । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

भण्डारीको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अन्य नेता-कार्यकर्ता, आफन्त तथा शुभेच्छुक पनि अन्तिम संस्कारमा पुगेका थिए ।

बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको छ । उनको नेशनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर