पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय – Nepal Press

पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय

काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । यसको अर्थ यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् ।

मन्त्रिपरिषद बैठकले गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।


प्रतिक्रिया

One thought on “पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय

  1. जनयुद्ध कहिले भयो नेपालमा केही हत्याहिंसा चाहिँ भएको हो त्यसकारण यो विदा दिने विषय होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर