पहिलो ‌ओभरमै २३ रन जोडेको नेपाल लगातार विकेट गुमाएर संकटमा – Nepal Press

पहिलो ‌ओभरमै २३ रन जोडेको नेपाल लगातार विकेट गुमाएर संकटमा

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध अहिले भइरहेको खेलमा २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल लगातार विकेट गुमाएर संकटमा परेको छ ।

नेपालले १० ओभरमा ४ विकेट गुमाएर ६८ रन जोडेको छ । नेपाल पहिलो ओभरमा २३ र दोस्रो ‌ओभरको समाप्तीमा विकेट नगुमाई ३३१ रन जोडेको थियो । तर, तेस्रो ओभरमा दुई विकेट गुमाएको नेपालले पाचौँ र नवौँ ओभरमा एक एक विकेट गुमायो । कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४ र रोहित पौडेल ६ रन जोडेर आउट भए ।

क्रिस सोल एक्लैले ३ विकेट लिए। पहिलो ओभरमा २३ रन दिएका सोलले तेस्रो ओभरमा भुर्तेल र ज्ञानेन्द्रलाई आउट गरेका थिए । उनले पाचौँ ओभरमा आसिफको पनि विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर