भुटानमा भएको अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा नेपाल दोस्रो – Nepal Press

भुटानमा भएको अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा नेपाल दोस्रो

काठमाडौं । भुटानको थिम्पुमा आयोजित अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ ।

‘बे अफ बंगाल इनिसियटिभ फर मल्टी-सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेशन’ (बिमस्टेक) को रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा नेपालका प्रतिनिधि छात्र – छात्रा सुशांक पौडेल र आयुशा बोहराले दोस्रो स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा बाङ्लादेश, भुटान, ईन्डिया, म्यानमार, नेपाल, श्रीलकां र थाइल्याण्डका कुल १४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । भुटानका परराष्ट्र तथा बाह्य व्यापारमन्त्री एचई टाँडी ​​दोर्जीको प्रमुख आतिथ्यमा संम्पन्न उक्त कार्यक्रम ढाका बिमस्टेक सचिवालय र भुटानको विदेश मामिला तथा बाह्य व्यापार मन्त्रालयको सहकार्यमा आयोजना भएको थियो ।

क्षेत्रीय सहयोग र एकीकरणमा युवाहरुको महत्वलाई मान्यता दिँदै सचिवालयले यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाइएको थियो । प्रतियोगितामा नेपालका लागि दोस्रो स्थान हासिल गर्न सफल सुशांक र आयुशा दुवैजना बूढानीलकण्ठ स्कुलका विद्यार्थी हुन् । प्रतियोगितामा प्रथम स्थान श्रीलकांले हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *