श्रीमती र छोराछोरी हत्या प्रयासको आरोपमा पक्राउ – Nepal Press

श्रीमती र छोराछोरी हत्या प्रयासको आरोपमा पक्राउ

रुपन्देही ।रुपन्देहीको देवदहमा आफ्नै श्रीमती र छोराछोरीकाेहत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

देवदह ९ कालिकाटोलस्थित ३९ वर्षका रामबहादुर बिकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । विकले आफ्नै घरभित्र बसेका श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए ।

घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घरभित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर आगो निभाई उनीहरुको उद्दार गरिएको थियो ।

आरोपित विकलाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिन म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर