नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु‚ २३ जना घाइते – Nepal Press

नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु‚ २३ जना घाइते

नुवाकोट । नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका-१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । -न्युज कारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर