रास्वपा लक्षित प्रकाशमानको टिप्पणी- लोकप्रिय नारा दिएर सत्तामा पुग्नेहरूको हालत देखियो (भिडिओ) – Nepal Press

रास्वपा लक्षित प्रकाशमानको टिप्पणी- लोकप्रिय नारा दिएर सत्तामा पुग्नेहरूको हालत देखियो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने बताएका छन् ।

विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमालेलगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ ? भन्ने यसपटक देखिएको बताए ।

मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरू पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनको भनाई छ ।

आफूले निर्वाचनमा उठ्दा जनतासामू गरेका प्रतिवद्धताहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।


प्रतिक्रिया

One thought on “रास्वपा लक्षित प्रकाशमानको टिप्पणी- लोकप्रिय नारा दिएर सत्तामा पुग्नेहरूको हालत देखियो (भिडिओ)

  1. तिमीजस्तो राजनीति नै श्रीमतीलाई मेयर बनाउन गर्नेले अरूलाई दोष देखाउन लाज लाग्नुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर