आत्मदाह गरेका आचार्यको परिवारलाई गोफण्डमी मार्फत १७ लाख आर्थिक सहयोग


काठमाडौं । गत माघ १० गते नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई गोफण्डमी मार्फत जुटेको १७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
अमेरिकाबाट सञ्चारकर्मी एवम् चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको सक्रियतामा गोफण्डमी मार्फत १३ हजार ७३२ अमेरिकी डलर सहयोग जुटेकोमा ५२४ डलर गोफण्डमीको चार्ज कटाएर नेपाली १७ लाख ५० हजार रुपैयाँ उठेको हो ।
आज सिनामंगलमा आयोजित एक कार्यक्रममा स्वर्गीय आचार्यकी श्रीमती नानुका अधिकारीलाई सो रकम हस्तान्तरण गरिएको छ ।
देशको विकास र समृद्धि तथा विकृतिविरुद्ध आफ्ना विभिन्न माग राख्दै संसद भवन अगाडि आचार्यले आत्मदाह गरेका थिए । उनको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका क्रममा निधन भएको थियो ।