जसपाले बोलायो फागुन ७ गते केन्द्रीय कार्यकारिणी समिति बैठक – Nepal Press

जसपाले बोलायो फागुन ७ गते केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते शनिबार बस्ने भएको छ ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

पार्टीले मंसिर ४ को निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने पनि बैठकको एजेण्डा हुने छ । पार्टीले अन्तर्घातका विषयमा छानबिन गर्न समिति बनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर