फागुन १४ देखि शेयर कारोबार रोक्न नेप्सेलाई सिभिल बैंकको पत्र – Nepal Press

फागुन १४ देखि शेयर कारोबार रोक्न नेप्सेलाई सिभिल बैंकको पत्र

काठमाडौं । सिभिल बैंकले शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ ।

बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार गरेको हो । एकीकृत कारोबारपछि लक्षित गरिएको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो ।

यता, फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुँदैछ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर