बैंकर्स संघको प्रश्न- १८ लाख ऋणीको दबाब बढी भयो, निक्षेपकर्ता पनि सडकमा आए के हुन्छ ? – Nepal Press

बैंकर्स संघको प्रश्न- १८ लाख ऋणीको दबाब बढी भयो, निक्षेपकर्ता पनि सडकमा आए के हुन्छ ?

काठमाडौं । ऋणीहरूले बैंकमा बढी दबाब दिएर बैंकिङ क्षेत्रलाई नै हतोत्साहित बनाएको आरोप बैंकर्सहरुले लगाएका छन् । करिब १८ लाख ऋणीले समग्र बैकिङ सिस्टमलाई नै दबाबमा राखेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

केसी भन्छन्, ‘नेपालको बहुसंख्यक मानिस निक्षेपकर्ता छन् । आजको दिनमा अर्थतन्त्रको आकार भन्दा ठुलो निक्षेपको व्यवस्थापन गरेर त्यसलाई परिचालन गरेका छौ । हामीले निक्षेपकर्ताको जसले साना साना पुँजी छोराछोरीको पढाई तथा बिहेको लागि जम्मा गरेको हुन्छ, उनीहरूको पुँजीको संरक्षण गर्नुपर्ने अवस्था छ । तर, दबाब चाहिँ ज्यादा १८ लाख ऋणीबाट छ ।’

अहिले ४ करोड ७० लाख खाता निक्षेपको छ । ती खाताको पैसा करिब १८ लाख ऋणीले लिएको केसीले बताए । निक्षेपकर्ताको रकमको संरक्षण गर्नु बैंकको दायित्व भएको भन्दै तत्काल ब्याजदर घट्न सक्ने अवस्था नआएको केसीले बताए ।

यता नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पनि ऋणीको दबाब बढी भएको भन्दै यदि निक्षेप कर्तापनि बढी ब्याजदर देऊ भन्दै सडकमा आए के गर्ने होला भन्दै प्रश्न गर्छन् । सडकबाट ब्याजदर घटाउन खोज्नु राम्रो नभएको बताए ।

ढुंगानाले मिडियाले अर्ब कमाएको देख्ने तर त्यही अर्ब कमाउन कति लगानी गरेको छ भनेर कहिले पनि नलेख्ने गरेको गुनासो गरे । उनी भन्छन्, ‘५० अबै लगानी गरेर १ अर्ब कमाउनु ठुलो होइन । यदि नोक्सान भयो भने बैंकप्रति कसले विश्वास गर्छ ।’

अहिले बैंकको संस्थापक सेयर बेच्नै गाह्रो र बिक्री भइहाल्यो भनेपनि निकै कम मूल्यमा बेच्नुपर्ने अवस्था छ । लगानीकर्ताको प्रतिफल घटेको छ। ढुंगानाले भने ।

कोभिडमा प्रवाह गरेको ऋण उठ्न नसक्दा बैंकको खराब कर्जा बढ्दै गएको बैंकर्सको भनाइ छ । बैंकर्स संघले हरेक महिना एकपटक पत्रकारसँग भेटघाट गरेको बैंकको अवस्थाबारे जानकारी दिँदै आएको छ । सोही भेटमा बैंकर्सहरुले बैंकहरु तत्काल ब्याजदर घटाउने अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर