‘क्यामिनो’ मा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाह अनुबन्धित – Nepal Press

‘क्यामिनो’ मा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाह अनुबन्धित

काठमाडौं । चलचित्र ‘क्यामिनो’ मा मोडल तथा पूर्वमिस इन्टरनेशनल नेपाल नीति शाह अनुबन्धित भएकी छन् । नीति २०१७ की मिस इन्टरनेशनल नेपालको उपाधि होल्डर हुन् ।

चलचित्रमा अभिनेता प्रदीप खड्का पहिला नै फाइनल भइसकेका छन् । ‘क्यामिनो’ कै लागि भनेर अभिनेता खड्काले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्ति पूजासमेत गराएका थिए । केही दिनअघि मात्र चलचित्रको थीम पोस्टर सार्वजनिक गरिएको थियो ।

एक्सेस नेपाल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । चैत्र तेस्राे साताबाट छायांकन सुरु गरिने ‘क्यामिनो’ सौरभ लामाले खिच्नेछन् ।

दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा पूर्ण लामा क्रियटिभ डिरेक्टर र सुनिल बिष्ट गौली कार्यकारी निर्माताका रुपमा रहनेछन् ।

यो फिल्ममा प्रदीपसँगै वर्षा शिवाकोटी र राजबल्लभ कोइराला अनुबन्धित भैसकेका छन् । फिल्मका अन्य कलाकारहरुको प्राविधिक चयन कार्य भने अझै बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर