मञ्जश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन तेस्रो साता हुने – Nepal Press

मञ्जश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन तेस्रो साता हुने

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिस्ठान पोखराको संयुक्त आयोजना हुने तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुनको तेस्रो साता हुने भएको छ ।

आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर ट्रेल रेस फागुन २०, २१  र २२ गते हुने जानकारी दिएको हो । उपत्यकाका तीनै जिल्लाका विभिन्न भागलाई समेट्दै आयोजकले रेग आयोजना गर्न लागेको हो ।

ट्रेल रेसमा ६ वटा विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । रेस प्रतियोगितामा करिव ४० देशका ३५० जना धावकहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा १०० माईलको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, १०० कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, ५४ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, २४ कि.मि.को अन्तर्राष्ट्रिय ट्रेल रेस, १० कि.मि. को अन्तर्राष्ट्रिय ट्रेल रेस र ५ कि.मि. को अन्तर्राष्ट्रिय ट्रेल रेस विधा समावेश गरिएको छ ।

१०० माईलको (महिला तथा पुरुष) अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको विजेताले १ लाख ५० हजारसहित ट्रफी, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ३७ हजार ५ सय प्राप्त गर्दा  चौथो र पाँचौंले क्रमशः २० हजार र १० हजार पाउनेछन् ।

यस्तै १०० कि.मि.को (महिला तथा पुरुष ) अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको विजेताले ७५ हजार, उपविजेताले ३७ हजार ५०० र तेस्रोले २० हजार पाउँदा चौथो र पाँचौंले क्रमशः १० हजार र ५ हजार नगद पुरूस्कार प्राप्त गर्नेछन् । ५४ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार पाउँदा चौथो र पाँचौंले १० हजार र ५ हजार नगद पाउनेछन् ।

२४ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय ट्रेल रेसको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार पाउनेछन् । १० कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय ट्रेल रेसको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् । ५ कि.मि.को महिला तथा पुरुष अन्तर्राष्ट्रिय ट्रेल रेसको विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ३ हजार पाउनेछन् ।

अनलाईन प्रणालीमार्फत दर्ता गर्नुपर्ने रेसको अवधिभरमा २४ जना रेस कोर्ष डिजाईनर, ५ जना रेस कोर्ष मार्कर, ३८ जना रेस टाईमिङ पर्सन तथा ३८ जना सर्विस पर्सनको प्रत्यक्ष निगरानी एवं रेफ्री तथा अफिसियको रोहवरमा रेस प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिए ।
प्रतियोगिताका लागि वागमती प्रदेशले ५० लाख उपलब्ध गराउने बागमती प्रदेशका प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *