ओलीलाई प्रदीप पौडेलको जवाफ- ‘रबर स्ट्याम्प’ राष्ट्रपति हुन नदिन कांग्रेसले ढोक्सा थाप्छ (भिडिओ) – Nepal Press

ओलीलाई प्रदीप पौडेलको जवाफ- ‘रबर स्ट्याम्प’ राष्ट्रपति हुन नदिन कांग्रेसले ढोक्सा थाप्छ (भिडिओ)

‘गठबन्धन जगैदेखि हल्लिएर बालुवाटार/बालकोट दौड बढेको छ’

काठमाडौं । नेपाली कोंग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमाथि सुपर प्रधानमन्त्री हुन खोजेको टिप्पणी गरेका छन् ।

वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अझै प्रतिनिधि सभा सुरक्षित भएको महशुस गर्न नसकेको बताए ।
उनले भने, ‘अहंकारले देश बन्दैन। अहिलेको परिस्थिती सम्हालिदैन। प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ति प्रस्तुत गरिएको थियो । आज किन सुस्त छ । किन बालुवाटार र बालकोट दौड व्यापक बढेको छ? हामीलाई थाहा छ उहाँ राष्ट्रपति चाहिएको होइन । यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ ।’

उनले ओलीलाई आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको टिप्पणी गरे ।

उनको भनाइ जस्ताको तस्तै

संसद विघटनको भोक अझै नमेटिएको पाइएकाले यो संसद असुरक्षित छ भनेर अनुमान लगाउन सकिन्छ । हामी गम्भीर भएर जनताको पक्षमा उभिन्छौं । कांग्रेसले ढोक्सा थापेको होइन । संसदको स्थायित्वको लागि सुरक्षित गर्न उभिएको हो ।
पूर्वप्रधानमन्त्रीज्यूले कुन जंगल, बाघ र बालाको कुरा गर्नुभएको हो । उहाँसँग के छ र लिनका लागि हामीले ढोक्सा थाप्नु ? बालकोटमा हतार हतारमा प्रसाद थाप्न बनेको गठबन्धन आज कस्तो छ ?

जसपा र नागरिक उन्मुक्ति सरकारमा किन गएन ? कांग्रेसले ढोक्सा थापेर ? राप्रपाका मन्त्रीहरुलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनुपर्यो? कांग्रेसले षड्यन्त्र गरेर ? रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर फकाएर ? केही समयअघि संविधानमा कतै व्यवस्था नभएको उच्च स्तरी राजनीतिक संयन्त्रको बैठक हुँदा सात आठ जना नेताहरु देखिनुहुन्थ्यो । अहिले चार जनाको बैठक हुने गरेको छ बाँकी नेताहरु कता जानुभयो ? हामी आग्रह गर्न चाहन्छौं अहंकारले देश बन्दैन। अहिलेको परिस्थिती सम्हालिदैन ।

प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ति प्रस्तुत गरिएको थियो । आज किन सुस्त छ । किन बालुवाटार र बालकोट दौड व्यापक बढेको छ? हामीलाई थाहा छ उहाँ राष्ट्रपति चाहिएको होइन ।

यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।

संवैधानिक मर्यादाको रक्षाका निम्ति देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्नका लागि कांग्रेस प्रतिबद्ध छ। हामी स्थिरताका पक्षमा छौं । गठबन्धन भत्कियोस् भन्ने हाम्रो कुनै चाहना होइन । गठबन्धन भत्काउन प्रयास गरेका होइनौं । सुदूरपश्चिममा गठबन्धन भत्कियो, कांग्रेसको कारण गठबन्धन भत्किएको हो कि ? अहिलेको गठबन्धन जगैदेखि हल्लिएर भत्किएको हो। हामी प्रश्न गर्न चाहन्छौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर