चित्रबहादुरको टिप्पणी- आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्र प्रत्यक्षरूपमै लागे (भिडिओ) – Nepal Press

चित्रबहादुरको टिप्पणी- आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्र प्रत्यक्षरूपमै लागे (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति राष्ट्रहरू प्रत्यक्षरूपमै आफूअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन लागिपरेको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतको सामु नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसहित शीर्ष व्यक्तित्व लम्पसार परेको आरोप लगाए ।

उनले भने, ‘केही दिनअघि भारतका परराष्ट्र सचिवको नेपाल आगमन भयो । उहाँले नेपालको राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटघाटको अभियान चलाउनुभयो । राष्ट्र ठुलोसानो हुनसक्छ । तर, सार्वभौम सत्ता सबैको बराबर हुन्छ । तर, नेपालबाट पूर्वप्रधानमन्त्री र जिम्मेवार मन्त्री जाँदा भारतीय शासकहरूलाई भेट्न सक्दैनन् । तर, छिमेकका कर्मचारी आउँदा राष्ट्र प्रमुख र सरकार प्रमुखहरू विदेशीको अगाडि लम्पसार परिरहेका छन् ।’

राष्ट्रिय स्वाभिमानको अगाडि सत्तामा रहेकाहरूले लाज पचाएको उनको भनाइ छ ।

‘राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा शक्ति राष्ट्रहरूले प्रत्यक्षरूपमै आफू अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने खेल खेलिरहेको छ’ उनले भने ।

सत्ता र शक्तिको लुछाचुडीले गणतन्त्र र लोकतन्त्र नै खतरामा पर्ने दृष्य देखिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर