रविको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष – Nepal Press

रविको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

काठमाडौं । रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ ।

प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो ।

यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलकहाँ पुगेका थिए । विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि छ ।

सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले युवराज पौडेललाई दिएको जानकारी पत्रमा भनिएको छ ‘तपाईंले यस कार्यालयमा मिति २०७९/१०/२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर