‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार – Nepal Press

‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार

काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ ।

कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्समा काम गरेका हुन।

ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद १ लाख ५० हजार रुपैयाँ सहित प्रथम पुरस्कार हात पारेको जनाइएको छ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थान प्राप्त गर्दै १ लाख रुपैयाँ हात परेको छ । टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ हात पार्न सफल भएको जनाइएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलालाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनमा रचनात्मकता बढाउन सहयोग गरेको बताए ।

यही माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयमा टक कार्यक्रम र कार्यशाला आयोजन गर्दै सहभागी छात्रालाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सिप प्रदान गरिएको एनसेलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर