ओपनर लौरेन्सको अर्धशतकमा नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको सामान्य लक्ष्य – Nepal Press

ओपनर लौरेन्सको अर्धशतकमा नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको सामान्य लक्ष्य

काठमाडौं। ओपनर हान्ड्रे लौरेन्सको अर्धसतकमा जारि विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डविरुद्ध नामिबियाले १५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.१ ओभरमा अलआउट हुँदै १५३ रनको योगफल तयार पारेको छ ।

नामिबियाका लागि लौरेन्सले ८८ बल खेल्दै ५ चौकाको मद्दतमा संघर्षपूर्ण अर्धसतकिय इनिङ खेले । शीर्ष क्रम धरापमा परेको बेला मध्य क्रमका ब्याटर जाने ग्रिनले केहिबेर नामिबियाको इनिङ सम्हालेका थिए ।

उनले ३५ बल खेल्दै ४ चौकाको मद्दतमा २५ रन योगदान गरे । पिक्कि या फ्रान्सले ११ रन बर्नार्ड स्कोल्ज ३३ बलमा ४ चौका र दुई छक्कासहित २८ रनमा अविजित रहँदा नामिबियाका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके ।

स्कटल्याण्डको बलिङमा सफ्यान सारिफ, मार्क वाट र मिचेल लियस्कले समान तीन विकेट लिए ।

सारिफले ८ ओभरमा २ मेडन राख्दै २९ रन खर्चिए । वाटले ८.३ ओभरमा १ मेडन राख्दै २९ रन र लियस्कले ८ ओभरमा १ मेडनसहित २४ रन खर्चिए ।

नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेटलेपराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *