प्रदेशका समस्याबारे प्रधानमन्त्री प्रचण्डलाई गण्डकीका मुख्यमन्त्री अधिकारीले गराए ध्यानाकर्षण – Nepal Press

प्रदेशका समस्याबारे प्रधानमन्त्री प्रचण्डलाई गण्डकीका मुख्यमन्त्री अधिकारीले गराए ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश सञ्चालनमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् ।

काठमाडौंमा मंगलबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा मुख्यमन्त्री अधिकारीले प्रदेश सञ्चालनका विषयमा ८ वटा मुख्य बुँदामा छलफल गरेका हुन् ।

साझा अधिकारको बारेमा केन्द्रले बनाउनुपर्ने कानून नबनेको, कामको दोहोरोपन र तेहेरोपन भएको, संघीय निजामती ऐनको अभाव, प्रहरी समायोजन जस्ता विषयमा प्रधानमन्त्रीसँग छलफल भएको मुख्यमन्त्री अधिकारीले नेपाल प्रेससँग बताए ।

संघीयता कार्यान्वयनको विषयमा छलफल केन्द्रित रहेको बताउँदै उनले भने, ‘हामीले राखेका कुराहरुमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक नै हुुनुहुन्छ, गर्नुपर्ने नै हो भन्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर