नामिबियाविरुद्ध कुशल भुर्तेलको शानदार शतक – Nepal Press

नामिबियाविरुद्ध कुशल भुर्तेलको शानदार शतक

काठमाडौं । ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्धको खेलमा ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै उनले सतक पुरा गरे ।

कुशल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सतक प्रहार गर्ने चौथो क्रिकेटर बने । यसअघि, पारस खड्का, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले सतक बनाएका छन् ।

२०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनिविरुद्ध एकदिवसिय क्रिकेटमा डेब्यू गरेका कुशलले २६ एकदिवसिय खेल्दा चार अर्धसतक प्रहार गरेका छन् ।
जारी खेलमा उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १ सय ३३ रनको साझेदारी गरेका थिए । जुन ओडीआईमा नेपालका लागि सर्वाधिक ठूलो साझेदारी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर