अनेरास्ववियुको महाधिवेशनमा ओलीले भने- प्रतिस्पर्धालाई उन्नत ढंगले स्वीकार्नुस् – Nepal Press

अनेरास्ववियुको महाधिवेशनमा ओलीले भने- प्रतिस्पर्धालाई उन्नत ढंगले स्वीकार्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई उन्नत ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काम गर्ने परिस्थिति प्रतिकूल भए अर्कालाई नेतृत्व छाड्न आग्रह गरे ।

उनले भने, ‘हामी प्रतिस्पर्धा गर्छौं । त्यसको विभिन्न स्वरुप हुन्छ । प्रतिस्पर्धामा आफूभन्दा अर्को सार्थीले सहज ढंगले काम गर्नसक्ने परिस्थिति छ भने उसलाई छाडिदिनुपर्छ । प्रतिस्पर्धाबाट हटेको होइन । प्रतिस्पर्धालाई उन्नत स्तरबाट स्वीकारिएको हो । मेरो भन्दा अर्को साथीको अवस्था अनुकूल छ । मेरो प्रतिकुल छ भने अर्कोलाई छाड्दिनुपर्छ ।

अनेरास्ववियुको महाधिवेशनले उच्चस्तरीय समझदारी हुन्छ भन्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर