कोका-कोलाको नयाँ ब्रान्ड ‘चार्जड’ बजारमा – Nepal Press

कोका-कोलाको नयाँ ब्रान्ड ‘चार्जड’ बजारमा

काठमाडौं । कोका-कोला नेपालले ‘चार्जड’ नामको नयाँँ इलेक्ट्रिफाइङ पेयपदार्थ सार्वजनिक गरेको छ । चार्जड नेपालभरका किराना पसललगायत डिपार्टमेन्ट स्टोरमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

नयाँँ पेयपदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्ने जनाइएको छ । कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली युवाका आफ्नै महत्त्वाकांक्षा छन् र उनीलाई आफ्नो आकांक्षा पूरा गर्न जिम्मेवारी लिन र सोहीअनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँँ पेयपदार्थ चार्जड बजारमा ल्याएका छौं । यसमा भएको बेरी बोल्टको स्वादले युवालाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चिततालाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।’

त्यस्तै बोतलर्स नेपालका म्यानेजिङ डिरेक्टर दीपक सेन्ठिल नाथले भने, ‘आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका-कोला नेपाल एक टोटल वेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्जडको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तारमात्र गरेको छैन, नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो-गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका-कोलाको प्रयासलाई पनि देखाएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर