यातायात मजदुरको आन्दोलन नियन्त्रण गर्न नसकेको आरोपमा बालाजुका डीएसपी हेरफेर – Nepal Press

यातायात मजदुरको आन्दोलन नियन्त्रण गर्न नसकेको आरोपमा बालाजुका डीएसपी हेरफेर

काठमाडौं । नयाँ बसपार्कमा सोमबार साँझ भएको घटनालाई लिएर प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्टको जिम्मेवारी खोसिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले त्यहाँ डीएसपी मनोजित कुँवरलाई जिम्मेवारी दिएको छ । सोमबार साँझ विष्ट चढ्नेसहित प्रहरीका दुईवटा गाडीमा यातायात मजदुरले आगजनी गरेका थिए ।

स्थितिलाई नियन्त्रण नसकेको निष्कर्षसहित विष्टलाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख दिवेश लोहनीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *