सरकार र मजदुरबीच वार्ता जारी – Nepal Press

सरकार र मजदुरबीच वार्ता जारी

काठमाडौं ।  सरकार र  यातायात मजदुर नेताहरू बीच वार्ता सुरु भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरूसँग वार्ता सुरु भएको हो ।

हिजो बालाजु क्षेत्रमा भएको आगजनी र तोडफोडको घटना भएको थियो । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरे पछि उनीहरूलाई वार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधन कमै मात्रा चलेका छन् । जसका कारण यात्रुहरू अलपत्र अवस्थामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *