आईसीसी विश्वकप लिग टू : आज नेपाल र नामिबीया भिड्दै – Nepal Press

आईसीसी विश्वकप लिग टू : आज नेपाल र नामिबीया भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज नामिबीयासँग पहिलो खेल खेल्दै ५ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि सुरु हुने छ ।

त्रिकोणात्मक एक दिवसीय सिरिजमा पालसहित स्कटल्याण्ड र नामिबिया सहभागी छन् ।

रोहित पौडेलेको कप्तानीमा नेपाली टिम मैदान उत्रिने छ ।

पछिल्ला ४ भेट मध्ये ३ खेलमा नामिबिया विजयी भएको छ । एक खेल वर्षाले रद्द भएको थियो ।

लिगमा नेपालले २४ खेल खेल्दा छैटौँ स्थानमा छ।

एक दिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी १२ मध्ये ९ खेल जित्नुपर्ने छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर