प्रदेश १ का पूर्वमुख्यमन्त्री राई भन्छन्- गायिका एलिनालाई गाली गर्नेहरु कारबाही योग्य छन् – Nepal Press

प्रदेश १ का पूर्वमुख्यमन्त्री राई भन्छन्- गायिका एलिनालाई गाली गर्नेहरु कारबाही योग्य छन्

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्र राईले एलिना चौहानमाथि गाली गर्नेहरु कारबाहीको योग्य भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जालमा चौहानलाई निवर्तमान गृहमन्त्री रवि लामिछानेका समर्थकले गाली गरेकोप्रति यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सन्जालमा स्टाटस लेख्दै उनले १० बुँदामा गायिका चौहानले टीभी अन्तवार्तामा रविलाई चिनिनँ भनेको भन्दै गरिएको गालीको विरोध गरेका हुन् ।

उनले लेखेका छन्, ‘रवि लामिछाने समर्थक वा विभिन्न व्यक्तिहरुले सामाजिक सन्जालमार्फत गायिका एलिनालाई आलोचना मात्र होइन गाली बेइज्जत गरिरहेका छन्, जुन कार्य सरासर गलत, निन्दनीय, कारबाही योग्य छ ।’

एपी वानमा प्रसारित पत्रकार प्रकाश सुवेदीको सोमा एलिनाले आफूले व्यक्तिगत रुपमा रविलाई नचिनेको भनेर कमेन्ट गरेकी थिइन् ।

यस्तो छ राईको स्टाटसः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर