बालाजुमा आन्दोलनरत यातायात मजुदरले जलाए प्रहरीको भ्यान – Nepal Press

बालाजुमा आन्दोलनरत यातायात मजुदरले जलाए प्रहरीको भ्यान

काठमाडौं । मजदुर कुटिएको विरोधमा आन्दाेलित यातायात मजदुरले प्रहरीको भ्यान जलाएका छन् । बालाजु बाइपासमा आन्दोलरत व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यानमा आगजनी गरेको हो ।

नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए । प्रर्दशन थप हिंसात्मक बन्दै गएको छ ।

अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

मजदुरहरू गाडी तेर्स्याएर सडकमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *