जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत – Nepal Press

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनयुद्ध दिवसमा सरकारले दिएको बिदा उपयुक्त नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दिएको बिदाबारे चौतर्फि आलोचना भइरहेको बेलामा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो । राष्ट्रिय दिवसको रुपमा मान्यता दिनका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ ।’

सरकारको हतारमा गरेको निर्णयले राष्ट्रिय दिवसको महत्वलाई हलुका बनाउने उनको भनाइ छ । यसअघि कांग्रेसका महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत नेताहरुले पनि सरकारको विरोध जनाइसकेका छन् ।


प्रतिक्रिया

One thought on “जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत

  1. प्रचण्डको खुट्टै मोलेर राष्ट्रपति खान हिडेकाहरूको ईच्छामा तुषारापात होला नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर