जनयुद्धलाई बीचैमा तुहाएर प्रचण्डले जनतालाई धोका दिए : मोहन वैद्य (भिडिओ) – Nepal Press

जनयुद्धलाई बीचैमा तुहाएर प्रचण्डले जनतालाई धोका दिए : मोहन वैद्य (भिडिओ)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले १० वर्षे जनयुद्ध सुरु गर्दा गरिएको वाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै वैद्यले जनयुद्धको अन्तिम समयमा बिजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताको सपनाहरु चकनाचुर भएकाले अव जनयुद्ध सुरु गर्दा गरिएको वाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका हुन् ।

जनयुद्धमा जनताले गरेको बलिदान र त्यागको सहि मूल्याङ्कन गरेर नयाँ क्रान्ति गर्ने र जनताको मुक्तिका लागि धोका नदिने उनको भनाइ छ । वैद्यले जनयुद्धलाई बिचैमा तुहाएर प्रचण्डले नेपाली जनतालाई धोका दिएको भन्दै त्यसबाट शिक्षा लिदै अघि बढ्ने र प्रचण्डको विरोध र भण्डाफोर गर्ने जिकिर गरे ।

उनले जनताको तीव्र दबाबका कारण सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा भएको र त्यो सकारात्मक भएको धारणा राखे ।

वैद्यले सच्चा क्रान्तिकारीको नयाँ उत्तराधिकारीको रुपमा आफुलाई स्थापित गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर