कैलालीमा बाघको छालासहित २ जना पक्राउ – Nepal Press

कैलालीमा बाघको छालासहित २ जना पक्राउ

कैलाली । कैलालीमा बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कबाट २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अछाम चौरपाटी ५ का १८ वर्षीय सुवास बोहरा र सोही ठाउँका १७ वर्षीय सुनिल बोहरा पक्राउ परेका हुन् ।

उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *