पदमा हुँदा भीआईपी प्रोटोकलमा सुधार गर्ने प्रयास गरे: डा. ताेसिमा कार्की – Nepal Press

पदमा हुँदा भीआईपी प्रोटोकलमा सुधार गर्ने प्रयास गरे: डा. ताेसिमा कार्की

काठमाडौं । निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले भीआईपी प्रोटोकल सुधार गर्न आफूले सानो प्रयास गरेको बताएकी छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीको सवारीको दिन वीर अस्पतालका चिकित्सक कुटिएपछि डा. कार्कीले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश मार्फत भीआईपी /भीभीआईपी प्रोटोकल सुधार गर्न आवश्यक रहेको बताएकी थिइन् ।

उनको उक्त सुझावमा अधिकांशले आफू पदमा हुँदा भीआईपी प्रोटोकल पालना नगरेको आरोप लगाएका थिए । सोही आरोपलाई खण्डन गर्दै आफूले भीआईपी प्रोटोकल पालना गर्न प्रयास थालेको बताइन् ।

उनले १२ बुदाँमा आफू १९ दिन स्वास्थ्यराज्यमन्त्री हुँदा पालना गरेको प्रोटोकलहरु उल्लेख गरेकी छन् । उनले आफू स्वास्थ्यराज्यमन्त्री हुँदा कुनै पनि अतिरिक्त सुविधा नलिएको प्रष्ट पारिन् ।

डा कार्कीले आफू पदमा हुँदा भीआईपी भन्दै लेन नमिचेको दावी गरिन् । उनले लेखेकी छन्,‘हामीले हाम्रो सवारी चालकलाई ईमर्जेन्सी नपरी हाम्रो गाडिले कहिँ पनि भीआईपी भनि लेन मिच्ने, ट्राफिक नियम मिच्ने नगरौँ भनेका थियौँ्र अरु सरह हामी जाममा समेत कुर्ने गर्थ्यौं । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर