कांग्रेस/एमालेलाई प्याकुरेलको प्रश्न-मुक्तिनाथ र गुरु लुइँटेलहरू कसरी मारिएका थिए बिर्सियौ ? (भिडिओ) – Nepal Press

कांग्रेस/एमालेलाई प्याकुरेलको प्रश्न-मुक्तिनाथ र गुरु लुइँटेलहरू कसरी मारिएका थिए बिर्सियौ ? (भिडिओ)

‘नयाँ भनिएका दल र युवा महामन्त्रीहरूले आफ्नै टाउको काटेर झोलामा हालेर बसेका छन्, सत्ताका लागि लोकतान्त्रिक दलहरू निरीह भए’

काठमाडौं । मानवअधिकारकर्मी तथा नागरिक आन्दोलनका अगुवा सुशील प्याकुरेलले माओवादीको अगाडि लोकतान्त्रिक दलहरू निरीह बनेको भन्दै ती दलप्रति सार्वजनिकरुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘जनयुद्ध दिवस’मा बिदा दिइएको विरोधमा द्वन्द्व पीडितहरूले काठमाडौं सिडिओ कार्यालय अगाडि गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य प्याकुरेलले सत्ताका लागि लोकतान्त्रिक दलहरू निरीह र लाचार बनेको बताए ।

प्याकुरेलले भने– लोकतान्त्रिक दलहरू सत्ताका लागि यति निरीह किन रु तथाकथित जनयुद्ध थाल्दा विरोध गरेका दलहरू आज लाचार भएका छन् । तीनै दललाई साथ दिने हजारौँ कार्यकर्ता मारिएका छन् ।सम्झिनुस् मारिएका मुक्तिनाथ अधिकारी कसरी मारिएका थिए ? गुरु लुइँटेललाई कसरी मारियो ? त्यो बेलाको हिंसालाई स्थापित गर्न खोजिएको छ ।

कांग्रेस एमाले मात्र नभएर नयाँ भनिएका दल र पुरानै दलमा आएका नयाँ भनिएका नेताहरू समेत माओवादीसामु लाचार बनेको प्याकुरेलले बताए । उनले ती नेताहरू आफ्नो टाउको काटेर झोलामा राखेर बसेको भन्दै श्रद्धाञ्जली अर्पण गरे ।

सोही कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाईँले जनयुद्ध दिवसका नाममा सरकारले तत्कालीन सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएका जनताको मृत्युमा उत्सव मनाएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर