आज बैंक बन्द नहुने – Nepal Press

आज बैंक बन्द नहुने

काठमाडौं । जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैङ्कहरू भने खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नगद कारोबार, चेक क्लियरिङ र आरटीजीएस लगायत अति आवश्यक सेवा प्रदान गर्न बैंकहरुलाई भनेको छ ।

बिहान १० देखि अपराह्न साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपराह्न १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर