राजस्व संकलनमा ५५ वर्ष यताकै कमजोर भयौं : अर्थमन्त्री पौडेल – Nepal Press

राजस्व संकलनमा ५५ वर्ष यताकै कमजोर भयौं : अर्थमन्त्री पौडेल

काठमाडौं । नेपाल पछिल्लो समय राजस्व संकलनतर्फ कमजोर भएको प्रति अर्थमन्त्री विष्णु पौडेलले चिन्ता व्यक्त गरेका छन् । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको राजस्व संकलन विगत ५५ वर्ष यताकै कमजोर भएको बताए ।

उनले भने, ‘यस्तो प्रकारको नकारात्मक वृद्धि आव २०२४/२५ मा भएको थियो । त्यसपछि अहिले भएको छ ।’ यस्तै चालु आर्थिक बर्ष सञ्चितकोष १ खर्ब भन्दा बढीले ऋणात्मक भएको छ । यसले अर्थतन्त्र दवावमा रहेको देखाउँछ । अर्थमन्त्री पौडेलले बजेट सन्तुलन कायम गर्न सरकारी खर्च घटाउने कठोर कदम चाल्नु परेको पनि बताए ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन अनुसार माघ मसान्तभित्र बजेट समिक्षा हुनुपर्ने व्यवस्था छ । सोही वयवस्था अनुसार माघ मसान्तमा आएर सरकारले बजेट समिक्षा गरेको हो ।

चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको मन्त्रालयले उक्त लक्ष्य घटाउँदै १२ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुने अनुमान गरेको छ । गत वर्ष सरकारले ११ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर