अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौं : अर्थमन्त्री पौडेल – Nepal Press

अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताएका हुन् । उनले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याहरुको समाधान खोज्नुपर्ने अवस्था रहेको बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीहरुको सुक्ष्म विश्लेषण गरी ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गरे ।

‘सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी विद्यमान चुनौतिको सामना गर्नेछ । नेपालको अर्थतन्त्रमा संरचनागत चुनौति,विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा सिर्जीत समस्याहरुको पृष्टभूमिमा समाधान खोज्नुपर्ने हुन्छ’, उनले भने, ‘वर्तमान समय अर्थतन्त्रको चुनौतीहरुको विश्लेषण गरी ठोस कदम चाल्न सकेनौं र टालेटुले समाधानमा रमायौं भने ठूलो गल्ति हुनेछ । अर्थतन्त्रको सुधारको आगामी यात्राको शुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाउने विषयबाट हुनुपर्छ । सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु अर्को चुनौती हो । पुँजीगत खर्च बढाउन आवश्यक सुधार गर्न आवश्यक छ ।’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सुधारको आगामी यात्राको शुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाएर गरिने बताए । उनले सरकारले सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु चुनौती रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *