मुलुक विभाजन गर्न सक्ने खतराविरुद्ध सेना सदैव तयार रहनुपर्छ : रक्षामन्त्री उप्रेती – Nepal Press

मुलुक विभाजन गर्न सक्ने खतराविरुद्ध सेना सदैव तयार रहनुपर्छ : रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकलाई विभाजनतर्फ धकेल्न सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण गरी आफूलाई सदैव तयार राख्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

पृतनापति समन्वयात्मक बैठकको उद्घाटनमा बोल्दै उप्रेतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा खतरा र चुनौतीसँग राष्ट्रिय एकतामा विग्रह ल्याउन, देशलाई अस्थिरतामा धकेली जनतामा डर र त्रासको वातावरण सृजना गर्न क्रियाशील व्यक्ति र समूहको नेपाली सेनाले पहिचान गर्नुपर्ने बताए ।

मन्त्री उप्रेतीले नेपाली सेनामा पुनर्स्थापित कमान्ड कन्ट्रोलको अवधारणअन्तर्गत पृतनाहरुलाई पूर्णरुपमा कार्यन्वयनमा ल्याउन सरकारले सहयोग गर्ने बताए ।

नेपाली सेनाको व्यवस्थापनमा रहेका विभिन्न आयोजनाहरुलाई समयमै सक्न रक्षामन्त्रालयले सक्दो सहयोग गर्ने उनले विश्वास दिए ।

प्रधान सेनापती प्रभु्राम शर्माले पेशागत दक्षता अभिवृद्धीका लागि आन्तरिक तथा विदेशी सेनासँग सहकार्य भइरहेको बताए । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले विपद् प्रतिकार्यमा कमिकमजोरीहरु उजागर भएको उल्लेख गर्दै राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई अझ शसक्त बनाउनुपर्ने बताए ।

उनले काठमाडौं-निजगढ द्रुतमार्ग समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै बंकर टु ब्यारेक, राष्ट्रिय प्रतिक्षा विश्वविधालय, मास क्याजल्टिज ट्रिटमेन्ट सेन्टरलगयात आयोजनाहरुमा सरकारको सहयोग प्राप्त हु्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *