राष्ट्रपति एमालेकै हुन्छ, कांग्रेसको ढोक्सामा माछा पर्दैन : पीएस गुरुङ


वीरगञ्ज । नेकपा एमालेका प्रवक्तासमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नयाँ राष्ट्रपति एमालेकै हुने बताएका छन् ।
प्रेस चौतारी नेपाले वीरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै सत्तागठबन्धन कायमै रहने र फागुन २५ मा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने उनले बताए ।
गठबन्धन आउँदो चुनावसम्मै रहने गुरुङले बताए ।
उनले थपे, ‘अहिलेको सत्तागठबन्धन कायमै हुन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ । प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहन्छ । राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा पर्दैन ।’
Rastra pati ma party ko humuhudaina swotantra Manis rakhnu parxa Dr kc jasta mahan Manis Lai rakhnu ramro hola kasaile Pani birodh gardainan