डाक्टरको हड्ताल स्थगित, विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन हुने (भिडिओ) – Nepal Press

डाक्टरको हड्ताल स्थगित, विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन हुने (भिडिओ)

काठमाडौं । आन्दोलनरत् चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो ।

सहमतिपछि जारी विज्ञप्तिमा घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने उल्लेख छ ।

साथै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन र स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थामा पनि जोड दिइएको छ ।

यस्तो छ वार्ता टोलीबीच भएको सहमति :

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *