बढ्यो सुनको मूल्य – Nepal Press

बढ्यो सुनको मूल्य

काठमाडौं । सातको पहिलो र महिनाको अन्तिम दिन आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार कायम रहेको छ ।

तेजाबी सुन १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर